१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट थप आठ जनाको निधन, १२००८ संक्रमित थपिँदा ३०४० संक्रमणमुक्त

corona insurance

नेपालमा थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप आठ जनाको निधन भएको छ।

१८ हजार १ सय ३ पीसीआर परीक्षणमा ९ हजार ४ सय ३२ र सात हजार ८ सय ६ एन्टीजेन परीक्षणमा २ हजार ५ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ६ हजार १ सय ७२ संक्रमित थपिएका छन् । काठमाडौंमा ४ हजार ८ सय ७५, ललितपुरमा ७ सय ८२ र भक्तपुरमा ५ सय १५ जनामा संक्रमण देखिएको हो ।

उपत्यकाबाहिर सबैभन्दा धेरै मोरङमा ४ सय ४२, कास्कीमा ३ सय ११, सुनसरीमा २ सय ९१, रुपन्देहीमा २ सय २३, काभ्रेमा २ सय १२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ पुगेको छ । २ सय ४५ जनाको आईसीयू र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो पटक ८ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ११ हजार ६ सय ६७ पुगेको छ । पछिल्लो पटक २ लाख ३९ हजार ८ सय ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।