२१ बैशाख २०८२, आईतवार

स्वास्थ्य जाँच नगरी नयाँ मान्छे गाउँ पसे २५ हजार जरिवाना!

humla village

हुम्ला जिल्लाको नाम्खा गाँउपालिका ३ खगालगाँउमा स्वास्थ्य जाँच नगरी गाँउलेले बनाएको नियम मिचेर गाँउ पस्नेलाई जरिवाना गरिने भएको छ ।

सम्भावित कोरोना संक्रमणविरुद्ध सजगता अपाउन नयाँ नयाँ जुक्तिहरु अपनाउन थालिएको छ । गाउँबासीलाई उक्त संक्रमणबाट जोगाउनका लागि वडा कार्यालयहरुले यस्तो जुक्ती निकालेका हुन् ।

बिश्वभर फैलिएको कोरोना भाईरस संक्रमण विरुद्ध सचेत भइ सजगता अपाउन र कोही संक्रमित ब्यक्ति  गाँउमा नआओ भनेर  नाम्खा ३ नं. वडा कार्यालयले गाँउँबासीलाई कोरोनाको संक्रमणबाट जोगाँउन यो नियम बनाएको वडा अध्यक्ष छेपाल लामाले बताए ।

खगालगाउँमा कुनै पनि नयाँ व्यक्ति गाउँमा प्रवेश गर्न निषेध गरेको छ । बुधबार देखि कुनै पनि नयाँ व्यक्तिलाई प्रवेश निषेध गरिएको छ । वडा कार्यायमा सबै गाँउलेको रोहोबरमा गाँउमा नयाँ मानिसलाई पस्न नदिने र गाँउको मान्छे पनि अति आबश्यक काम बिशेषले बाहेक कोही पनि काही जान नपाईने नियम बनाएकाले यो नियमलाई ब्यवास्था गरी गाँउँ प्रवेश गरे कोही त्यस्ता व्यक्ति अटेर गरि गाउँ प्रवेश गरे २५ हजार रुपैयाँ जरिवानासहित क्वारेन्टाइनमा बस्नु पर्ने वडा कार्यालयले निर्णय गरेको हो । लामाका अनुसार कोरोनाबाट बच्न वडा कार्यालयले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसबाट सचेत र सतर्क रहन वडाको चार किल्लामा गाउँले मिलेर पहरा बस्न सुरु भएको होे । वडा भित्रको क्षेत्र टुलुङ्बामा क्वारेन्टाइनको व्यवस्था गरिएकोले अब गाउँ बाहिरबाट आउने जुनसुकै व्यक्तिले उतै बस्नु पर्नेछ । केही गरि अटेर गरेर आउनेले २५ हजार दण्ड तिर्नुपर्ने छ ।

त्यसै गरि सोही गाउँपालिकाको वडा नम्बर २ को केर्मी गाउँले पनि नयाँ व्यक्ति गाउँ प्रवेश गरे पाँच हजार जरिवानाको व्यवस्था गरेको जनाएको छ । सो वडाले पनि क्वारेन्टाइनको व्यवस्था गरेको छ । उक्त क्वारेन्टाइनमा नयाँ वा गाउँकै मानिसहरु पनि बाहिरबाट आए बस्नु पर्नेछ ।

अहिले सरकारले लकडाउन गरेका बेला हुम्ला जिल्लाका प्राय गाँउमा नया मानिसलाई प्रबेशमा रोक लगाईएको छ । तर प्रदेश सरकार बिना चेकजाँच हुलकाहुल मान्छे जिल्ला भित्रियाई रहेका छ ।