७ बैशाख २०८१, शुक्रबार

महासंकटका बेला पनि घिनलाग्दो कृत्य गर्नेलाई नछाड्ने गगन थापाको चेतावनी

Gagan Thapa 1

नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्य सामग्री खरिद अनियमितताका बारेमा दोषी दण्डित हुनुपर्ने बताएका छन्। थापाले महासंकटको अवस्थामा पनि सरकारमा रहेकाहरु घिनलाग्दो कृत्यमा संलग्न रहेको भन्दै आक्रोश पोखेका छन् ।

उनले संकटका बेला समेत भ्रष्टाचार गर्न नछाड्नेहरु दण्डित नभएसम्म आवाज उठाउन नछाड्ने बताएका छन्।

‘स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडौँ’, गगनले बिहीबार बिहान ट्विटमा गर्दै भनेका छन्

उनले अनियमितताका बारेमा दिन ढल्यो कुरा विर्सियो गर्न नहुने पनि बताएका छन्। ‘दिन ढल्यो, कुरा विर्सियो हुन हामी कदापि दिने छैनौं,’ उनले भनेका छन्। सरकारले हालै चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न अनियमितता भएको खबरहरू आइरहेका छन्।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले लकडाउनको अवधि सकिएपछि चैत २५ गतेपछि कोरोनासँग जुध्ने रणनीति के हुन्छ भन्ने उनले प्रश्न गरेका छन्। ‘सरकार, चैत २५ पछिको हाम्रो रणनीति र योजना के छ?,’ उनले सोधेका छन्। सरकारले चैत २५ सम्म लकडाउन जारी राख्ने यसअघि नै घोषणा गरेको थियो।

यसमा सरकालाई झकझकाउने काम गरिरहन उनले आम नागरिकलाई आग्रह गरेका छन् ।