७ बैशाख २०८१, शुक्रबार

चितवनमा पनि अनुमति पत्र वितरण बन्द

DAO chitwan

जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनको समयमा अत्यावश्यक कामका लागि प्रदान गर्दै आएकोे सवारी पास (अनुमति पत्र) वितरण बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनको समयमा अत्यावश्यक कामका लागि प्रदान गर्दै आएकोे सवारी पास (अनुमति पत्र) वितरण बन्द गरेको छ । कार्यालयले बुधबार सूचना जारी गर्दै सबै प्रकारका पास वितरण बन्द गरेको जानकारी दिएको हो ।

पास लिन प्रशासनमा दिनहुँ भीडभाड बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय लिएको कार्यालयका प्रशासकीय अधिकृत इश्वर सिंखडाले जानकारी दिए । उनले सरकारको निर्णय अनुसार अनुमती पाएकाले आफ्नो परिचयपत्रका आधारमा सवारीसाधन चलाउनसक्ने बताए ।

यसैगरी काठमान्डौं र धनुषा प्रशासन कार्यालय ले पनि पास वितरण रोकेको छ ।