२२ बैशाख २०८२, सोमबार

सरकारले नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गरेर भ्रष्टाचार छोप्न खोज्दैछ : अध्यक्ष ओली

kp oli 3
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गरेर आफ्नो भ्रष्टाचार छोप्न खोजेको आरोप लगाएका छन् ।

गृहजिल्ला झापा आएका राष्ट्रसेवक सहकारी संस्थाको कार्यक्रममा बोल्दै ओलीले सरकार आफ्नो भ्रष्टाचार छोप्न नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गर्न खोजिरहेको आरोप पनि लगाए ।

यस्तै नारायणहिटी कप्लक्कै खाइसकेको पनि ओलीले टिप्पणी गरे । ओलीले नारायणहिटी संग्रहालयमा क्याफे संचालनसम्बन्धी ठेक्का पाएको बतास समूहलाई सरकारको संरक्षण रहेको पनि बताएका छन् ।

अहिले आफ्नो भ्रष्टाचार छोप्न बतासलाई मिडियाबाट केपी ओलीको ज्वाइँ बनाउन खोजिएको उनको भनाई छ । ‘अहिले संचारमाध्यम बोलाएर, फोटो खिच्न लाएर केपी ओलीको ज्वाइँ भन्न लगाइरहेका छन् । मेरा त छोरी देशभरी छन्, छिोरीसँग बिहे गर्ने जति सबै ज्वाइँ हुने भए । छोरासँग बिहे गर्नेजति सबै बुहारी । यस्ता कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्ने छन् अहिले सरकारमा’, ओलीले भने ।