
कोरोना भाइरसको संक्रमण फैलिएका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको कमीका कारण इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले नेपालमा पनि मूल्य समायोजन गरिएको निमगले जानकारी दिएको छ। घटेको मूल्य बुधबार राती १२ बजेबाट लागू हुने छ।
निगमले पछिल्लो पटक मूल्य समायोजन गर्दै डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा १० रुपैयाँ घटाएको हो। अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ ।