१८ बैशाख २०८१, मंगलवार

बढ्न थाल्यो कोरोना सङ्क्रमण, आज ४ सय ३५ जनामा संक्रमण पुष्टि

corona insurance

कोरोना सङ्क्रमणको दर यो हप्ता बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नमुना परीक्षण गरिएका मध्ये यो हप्ता ३ दशमलव ८ प्रतिशतमा संक्रमण पुष्टि भएको र संक्रमण दर शून्य दशमलव ९ प्रतिशतले बढी रहेको मन्त्रालयका प्रवक्ता डा .सङ्गीता कौशल मिश्राले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार ४९ हजार ५ सय ९५ जनामा पिसिआर परीक्षण गर्दा १ हजार ८ सयल ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो सङ्क्रमणको तथ्याङ्क अनुसार परीक्षणको दायरा बढाउन आवश्यक रहेको प्रवक्ता मिश्राले बताउनुभयो ।
आज देशभर ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

६ हजार ७ सय १५ नमुनाको पीसिआर तथा ३ हजार ५ सय ५२ नमुनाको एन्टीजेन परीक्षण गर्दा ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित २ सय ३९ जना निको भएका छन् । तथ्याङ्क अनुसार हालसम्म ९८ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

आज कुनै पनि सङ्क्रमितको निधन नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म ११ हजार ६०१ जनाको सङ्क्रमणका कारणले निधन भएको छ । उहाँका अनुसार ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् ।

यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् । हाल होम आइसोलेसनमा चार हजार ८५२, संस्थागत आइसोलेसनमा ३७३, आइसियुमा ८४ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको छ ।

हाल ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् ।