१८ बैशाख २०८१, मंगलवार

यो वर्षको एसईई परीक्षा बैशाखमा गर्ने तयारी, चैतसम्म अध्यापन हुने

national examination board

योवर्षको एसईई परीक्षा बैशाखमा हुने भएको छ । कोभिडका कारण शैक्षिकसत्र पछि सरेकाले परीक्षाको मिति पनि पछि सर्न लागेको हो ।

गत वर्ष जेठ १३ बाट शुरू भएको थियो । यो वर्ष चैतसम्म अध्ययन गर्ने वातावरण तयार गरी बैशाखमा गर्ने गरी तयारी भइरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतसम्म पठनपाठन गरी वैशाखमा एसईई गर्ने गरी छलफल भइरहेको बताएकाे समाचार नेपाल समाचारपत्रमा छापिएकाे छ ।