७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय एकता तथा मेलमिलाप नीतिकै जगमा ​अहिलेको राजनीतिक परिवर्तन सम्भव भयो : प्रधानमन्त्री

Sher Bahadur Deuba
फाइल फोटो

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता तथा मेलमिलाप नीतिकै जगमा ​अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभएको छ ।

४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री समेत रहेका देउवाले बिपी कोइरालाको उक्त नीतिको जगमा वर्तमान परिवर्तन सम्भव भएको बताउनुभएको हो ।

काँग्रेसका संस्थापक वीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरुको त्याग, संघर्ष र योगदानप्रति उनले उच्च सम्मान प्रकट गरेका छन् ।

२०३३ पुस १६ गते आजकै दिन वीपी कोइराला, गणेशमान सिंह लगायतका हाम्रा श्रेय नेताहरुले ​राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको थियो । उहाँहरुको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकै जगमा ​लोकतन्त्र बहाली हुदै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको हो। आजको दिन हाम्रा नेताहरुको त्याग, संघर्ष र योगदानको उच्च सम्मान प्रकट गर्दछु,ु देउवाले लेख्नुभएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी सङ्ग्रहालयमा बिपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गर्न लागिएको जनाइएको छ ।