एमसीसी सम्झौता खारेज गर्न माग गर्दै राजधानीमा विरोध प्रदर्शन भएको छ ।
मंगलवार आठवटा पार्टी र मोर्चाहरुले राजधानीमा संयुक्त विरोध कार्यक्रमको आयोजना गरेका हुन् । र्यालीसहित गरिएको विरोध प्रदर्शन संसद् भवनअघि नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (मसाल) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध संयुक्त प्रदर्शन गरेका हुन् ।