१८ बैशाख २०८१, मंगलवार

सिंहको निवास देउवाका दूत बनेर पुगे बालकृष्ण खाँण

Balkrishana khan tilottma pic e1635674379173
फाइल फोटो

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा पहिलो चरणको मतदानबाट सभापति टुंगो लाग्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ।

योसँगै दोस्रो चरणमा सभापतिमा प्रतिष्पर्धा गर्ने शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका नेताहरुबो दौडधुप सुरु भएको छ । अहिले सभापति देउवाका विश्वासपात्र बालकृष्ण खाँण सभापतिको पहिलो चरणको निर्वाचनमा ३६० मत ल्याएका उम्मेद्धवार प्रकाशमान सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका छन् ।

सभापतिमा जित्नको लागि देउवालाई सिंहको साथ भए पुग्छ । त्यही भएर अहिले सिंहको साथ खोज्नको लागि देउवाले आफ्ना मान्छे सिंहको निवासमा पठाएका छन् । स्रोतकाअनुसार सिंहले आफूले कसलाई सहयोग गर्ने भन्नेबारे साथीहरुसँग छलफल गरेर निर्णय गर्ने जवाफ दिएका थिए ।