
फाइल फोटो
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएका ‘फुलकोर्ट’ शुरु भएको छ । आजको बैठकमा गोलाप्रथाबाट मुद्दा हेर्ने व्यवस्थाको कानुनी प्रावधानहरुका विषयमा छलफल गरिने बताइएको छ ।
यसअघि प्रधानन्यायाधीश राणाले बोलाउनुभएकाे फुलकोर्ट बैठकमा १८ न्यायाधीशहरु सहभागी नभए पनि आजको बैठकमा सबै जना सहभागि हुन लागेकाे बताइएकाे छ ।
तीन साताभन्दा लामो समयदेखि न्यायालय सुधारको मागसहित कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलन जारी राखेका छन् ।