१८ बैशाख २०८१, मंगलवार

कोरोना संक्रमणबाट थप तीन जनाको निधन, ३९७ संक्रमित थपिँदा ३८९ संक्रमणमुक्त

corona insurance

नेपालमा थप ३ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन जनाको निधन भएको छ ।

९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५५ जना र १ हजार ९ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी ३ सय ९७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक तीन जनाको निधन भएसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ११ हजार ४ सय ७९ पुगेको छ । ३ सय ८९ जना संक्रमणमुक्त भएका छन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ९८ जना रहेका छन् । जसमध्ये ६ हजार ९ सय ४५ जना होम आइसोलेसनमा र ५ सय ५३ जना संस्थागत आइसोलेसनमा छन् । १ सय ९० जना आईसीयू र ५७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत् छन् ।