१८ बैशाख २०८१, मंगलवार

आजदेखि लागू भयो न्यूजिल्यान्डमा इच्छा मृत्यु रोज्न पाउने कानुन, निकाे नहुने राेगीलाई राहत

new zealand covid coronaviru

न्यूजिल्यान्डमा आज नाेभेम्बर ७ तारिखदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू भएको छ। अक्टोबरमा भएको जनमत संग्रहमा दुइ तिहाइ बहुमत (६५.१) प्रतिशतले उक्त कानुन पास भएको स्टफ न्यूजले भिडियाे सार्वजनिक गरेकाे छ।

त्यहाँकाे स्वास्थ्य मन्त्रालयले कडा मापदण्ड बनाउँदै इच्छा मृत्युको सेवालाई वैधानिकता दिएको हो। कुनै व्यक्तिलाई निको नहुने दीर्घ रोग लागेको छ र छ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने छन्। छ महिनादेखि शारीरिक रूपमा कमजाेर हुँदै गएका विरामीले यस सेवा लिन पाउनेछन् ।

विदेशी देशहरूकाे अनुभवमा स्वास्थ्य मन्त्रालयका अनुसार प्रत्येक वर्ष ९५० जनाले उक्त सेवाकाे लागि फाराम भरे पनि ३५० जनाले मात्र साे सेवा लिनेछन् । यो प्रक्रियाका लागि कम्तीमा पनि दुई जना चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ।

इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

न्यूजिल्यान्डका ६१ वर्षीय स्टुअर्ट आर्मस्टंग केही समयदेखि प्राेस्टेट क्यान्सरपीडित हुनुहुन्छ । उहाँकाे याे क्यान्सर फैलिएर ढाडँसम्म पुगेकाे छ र याे कहिले पनि निकाे हुँदैन ।

Armstrong
–६१ वर्षीय स्टुअर्ट आर्मस्टंग श्रीमती र कुकुरकाे साथमा

उहाँ अहिले नै स्वच्छिक रूपमा इच्छा मृत्यु रोज्न पाउने छैनन् तर जब सबै प्रकृया पूरा हुन्छ, त्याे बेला उहाँले धेरै राहत महसुस गर्नुहुनेछ । इच्छा मृत्यु पाउनु पर्ने अभिन्यता स्टुअर्ट आर्मस्टंगले याे कानुन पास भएर लागू भएकाले खुशी भएकाे बताउनुभएकाे छ ।

स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्ग, क्यानडा, अष्ट्रेलिया र कोलम्बियामा इच्छा मृत्यु गर्न पाउने कानुन छ। कुनै न कुनै रूपमा इच्छा मृत्युकाे मान्यता अमेरिका, भारत, बेलायत, जर्मनी, पाेर्चुगल, दक्षिण काेरिया, स्वीडेन, फिनल्याण्ड, अर्जेन्टिना, चिली, इटाली, फ्रान्सलगायतले दिएकाे छ । – एजेन्सीकाे सहयाेगमा