१३ बैशाख २०८१, बिहीबार

न्युजिल्यान्डले नेपाललाई साढे ८ करोड सहायता दिने घोषणा

Flag New Zealand2021 05 21 01 26 04

न्युजिल्यान्डले नेपाललाई कोरोनाभाइरस महामारीविरुद्ध १ मिलियन न्यूजिल्यान्ड डलर (८ करोड ४० लाख नेरु) सहायता प्रदान गर्ने घोषणा गरेको छ ।

विदेशमन्त्री ननैया महुताले उक्त सहायता रकम राष्ट्रसंघीय नियोग युनिसेफमार्फत प्रदान गरिने जानकारी गराएकी हुन् ।

पहिलो सगरमाथा आरोही सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाकै पालादेखि नेपाल र न्यूजिल्यान्डबीच विशषे सम्बन्ध रहिआएको उनले जानकारी दिएकी छिन् ।