७ बैशाख २०८१, शुक्रबार

आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन देउवालाई ओलीको फोन

oli deuba

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर राष्ट्रिय सहमतिको सरकारका लागि प्रस्ताव गरेका छन्। शुक्रबार बिहान फोन गरेर उनले यस्तो प्रस्ताव गरेका हुन्।

उनले देउवासमक्ष आफ्नो नेतृत्वमा सरकार बनाउन नभए आफूलाई समर्थन गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘मैले बिहान फोन गरेर उहाँलाई सरकार बनाउन सकेमा प्रतिपक्षको भूमिकामा रचानात्मक सहयोग गर्ने बताएँ। त्यसो हुन नसकेमा मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको छु।’

देउवाले सरकार बनाए शान्त, सौम्य भएर सहयोग गर्ने बताए। आफ्नो नेतृत्वलाई समर्थन गरेर राष्ट्रिय सरकार बनाउँदै संकटविरुद्ध लड्न एक हुन सकिने विकल्प पनि दिएको बताए। यसबाहेकको विकल्पसमेत प्रस्तुत गरेमा आफू सहमत भएको बताए। तर अरु दलले राजनीतिलाई विभाजन र घृणातर्फ लैजान खोजिरहेको बताए।