७ बैशाख २०८१, शुक्रबार

ओलीले भने- ‘हामी संविधान च्यात्न दिदैनौँ, लोकतन्त्र तलमाथि हुन दिदैनौँ’

kp oli 4

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार छोड्न तयार रहेको तर देशलाई तलमाथि हुन नदिने बताएका छन् । एमाले कर्णाली-काठमाडौं सम्पर्क समितिले तिहारका अवसरमा आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी सरकार छोड्न तयार छौँ तर देशलाई तलमाथि हुन दिनौँ ।’

उनले अघि भने, ‘हामी सरकार छोड्न तयार छौँ तर संविधान च्यात्न दिदैनौँ ।, लोकतन्त्र तलमाथि हुन दिदैनौँ, लोकतन्त्री छोड्न तयार छैनौँ ।’ यस्तै उनले सात दशक भन्दा बढी संघर्ष गरेर आफुहरुले लोकतन्त्र ल्याएको दावी गरेका छन् ।

‘हामीले सात दशक भन्दा बढी संघर्ष गरेर लोकतन्त्र ल्याएको लोकतन्त्र हो ।, बलिदान लिएर ल्याएको लोकतन्त्र हो । त्यसकारण हामी छोड्न सक्दैनौँ’, ओलीले भने । ‘नेकपा एमाले यो अठोटमा भएका हुनाले नै लोकतन्त्र जिवित छ ।’

यस्तै ओलीले पाँच दलीय गठबन्धन लोकतन्त्र भक्षक रहेको टिप्पणी गरेका छन् । ‘यो पाँच दलीय गठबन्धन छनी, बरका राधे-राधे लगाएका हुन् कि ! राम राम लगाएका हुन् कि, कृष्ण-कृष्ण लगाएका हुन् कि, यी सबै लोकतन्त्रका भक्षकहरु हुन् ।’ उनले भने, ‘यीनिहरु लोकतन्त्रको मुल्य मान्यता होईन यीनीहरुलाई सत्ता चाहिया छ । स्वार्थ पुरा गर्नुछ देश होईन ।’

यस्तै ओलीले असार २८ का जस्ता प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्ने भन्दै सचेत रहन कार्यकर्ता पंक्तिलाई आह्वान गरेका छन् । एमाले नभएको भए २०१७ सालको जस्ता घटना केही परमादेशकै क्रममा हुन सक्ने उनको भनाई छ ।