
अविरल वर्षासँगै आएको पहिरोमा परी धरानमा दुई जना बालबालिकाको निधन भएको छ ।
धरान–१३ नागेश्वर मार्गमा पहिरो झर्दा दुई जना बालबालिकाको निधन भएको हो ।
धरान १३ नागेश्वर मार्गका निशान राईको ४ वर्षीय छोरा निहान राई र ७ वर्षीय छोरी निसु राईको पहिरोले पुरेर निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।
आज करिब अढाई बजे तिर घर माथिबाट झरेको पहिरोले टिनको घर पुरै पुर्दा दुई जना बालबालिका बेपत्ता भएका थिए ।
निकै बेरको प्रयासपछि बालबालिका फेला परेको उद्धारमा संलग्न कृष्ण राउतले बताए ।
दुवै बालबालिकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । तर उता जिल्ला प्रहरी कार्यालय सुनसरीले भने पहिरोले पुरेर दुवैको मृत्यु भएको जानकारी दिएको छ ।