२२ मंसिर २०७८, बुधबार

शिवनाथमा पहिरोले घर पुरिँदा तीन जनाको निधन

pahiro

बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन जनाको निधन भएको छ ।

शिवनाथ–६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिँदा उहाँका दुई जना बुहारी र एक जना नातिको निधन भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र तीन वर्षीय सोम पार्की रहेका छन् । साँझ ६ बजेको समयमा प्रहरीले घटनास्थलबाट तीन जनाकै शव निकालेको छ ।

अहिले घटनास्थलमा सुल्लेखान र सार्माली प्रहरी चौकीबाट दुईवटा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।