
लगातारको वर्षाका कारण डुबानमा परेका कञ्चनपुर दोधार चाँदनी नगरपालिका १० कुतियाकवर क्षेत्रका ६० घरपरिवारलाई उद्धार गरी नजिकैको अम्बिका मावि स्कुलमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय दोधाराका प्रमुख भरत राज गिरिले राति २ बजेबाट ढुवानीमा परेकाहरूको उद्धार गरिरहेको र उनीहरूलाई अम्बिका मा वि स्कुलमा राख्ने काम भएको बताउनुभएको छ ।
त्यस्तैगरी भीमदत्त नगरपालिका १३ वडैपुरको सोनापुर र वैजनाथ टोल क्षेत्रका करिब १ सय घरभित्र पानी पसेको र उद्धार कार्य भइरहेको वडा अध्यक्ष लालबहादुर शाहीले बताउनुभएको छ ।
उनीहरूलाई सिद्धनाथ माविको भवनमा राखिँदै छ । बाढी प्रभावितहरूलाई सुरक्षित स्थानसम्म पुर्याउन स्थानीय बाल विद्या निकेतन विद्यालयले बस सेवा सञ्चालन गरेको छ ।