२२ बैशाख २०८१, शनिबार

गौरीफन्टा नाकामा तनाव: नेपाल-भारत दुबैतिर ‘लकडाउन’, सयौँ नेपाली सीमा क्षेत्रमा अलपत्र

bodar

कैलालीको गौरीफन्टा नाकामा तनाव उत्पन्न भएको छ ।

सरकारले मंगलबार बिहान ६ बजेबाट देशैभर लक डाउनको घोषणा गरेको छ । आवत-जावत र हिडडुलमा कडाई गरेको छ । यसैबीच कैलालीको गौरीफन्टास्थित नेपाल-भारत नाकामा तनाव सिर्जना भएको छ । मंगलबार बिहान करिब ५ सयको संख्यामा भारतमा रहेका नेपालीहरु नेपाल प्रवेश गर्ने प्रयास गरेपछि स्थिति असहज बनेको हो।

कामका शिलशिलामा भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरु घर फर्कन मंगलबार बिहानै नाकामा जम्मा भएका थिए । उनीहरुलाई सीमामा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नेपाल प्रवेशमा रोक लगायो।

gadda chauki naka

उनीहरुले नेपाल छिर्न दिनुपर्ने माग गर्दै नारा जुलुस गरे । प्रहरीमाथि ढुंगामुढासमेत गरे । उनीहरु मोहना खोलामा हामफालेर नेपालतर्फ तर्ने प्रयास गरे । प्रहरीले उनीहरुलाई प्रवेश गर्न दिएन।

अहिले उनीहरु कञ्चनपुरको डोकेबजारस्थित नेपालतर्फको दशगजा क्षेत्रमा प्रवेश गरेका छन् । प्रहरीले उनीहरुलाई घेरा हालेर राखेको छ। उनीहरुलाई कुन(कुन जिल्ला को हो भनी सूची बनाउन प्रहरीले आग्रह गरेको छ । को कुन जिल्लाको हो सम्बन्धित जिल्लाका अधिकारीसँग समन्वय गरी फर्केने व्यवस्था गरिने भन्दै प्रहरीले माइकिङ गरी सम्झाई बुझाई गरिरहेको छ।

खानेकुराको व्यवस्था प्रहरीले गरिदिने भन्दै आश्वस्त पारिरहेको छ। सशस्त्र प्रहरीका डिएसीपी भीमबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको छैन । जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि नै लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो भने सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी देशभर निषेधाज्ञा जारी गरेको थियो । 

    सम्बन्धित समाचार...