
दार्चुला घटनाको विरोधमा नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेका छन् ।
शुक्रबार काठमाडौको प्रदर्शनीमार्ग स्थित रत्नराज्य क्याम्पस अगाडि भेला भएका एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले मोदीको पुत्ला जलाएका हुन् ।
सो क्रममा उनीहरुले भारत विरुद्ध चर्को नाराबाजी गर्दै गरेका थिए । दार्चुलाका धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन खुस्काउँदा नदीमा खसेर वेपत्ता भएका थिए ।