
वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् ।
माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेसंगै मन्त्री खनालले आज (बुधबार) विहान पदबाट राजीनामा दिएका हुन् ।
खनालले भने, ‘मैले अर्कै दल रोजेकाले काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा गरेको हुँ ।’ एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन खनाल मन्त्री बनेका थिए ।
मंगलबार उनले औपचारिक रुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एस) पार्टी रोज्दै सनाखत गरेका थिए ।