१३ बैशाख २०८१, बिहीबार

भारतीय एसएसबीको दार्चुला तुइन घटनामा संलग्नता रहेको ठहर

pratibedan1630419006

दार्चुला घटनाबारे छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।

मंगलबार साँझ गृहमन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन बुझाउनु भएको हो । तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल एसएसबीको संलग्नता देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

घटनामा संलग्न एसएसबीमाथि अनुसन्धान गरी दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न समितिले सुझाव समेत दिएको छ ।

साथै, तुइन प्रकरणमा बेपत्ता जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति, राहत दिन भारतीय पक्षसँग कूटनीतिक माध्यमद्वारा पहल गर्न समितिले सिफारिस गरेको छ ।

दार्चुलामा महाकाली नदी तर्दा तुइन चुँडिएर ३३ वर्षीय जयसिंह धामी १५ साउनमा बेपत्ता भएका थिए । उक्त घटनाको छानबिन गर्न १७ साउनमा गृहमन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा समिति बनाइएको थियो ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले प्रतिवेदन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । कार्यान्वयनका लागि मंगलबारबाटै प्रक्रिया अघि बढाउन गृहसचिव टेकनारायण पाण्डेलाई उहाँले निर्देशन समेत दिनु भएको छ ।

144205568griya 67