१८ बैशाख २०८१, मंगलवार

एकाएक बढ्यो भरतमणि पौडेलकाे लोकप्रियता

bharat mani 768x448 1

ताप्लेजुङका भरतमणि पौडेल ‘कमेडी च्याम्पियन सिजन २’ को पहिलो फाइनलिस्ट बन्नु भएकाे छ ।

शनिबार राति प्रसारण भएको शृंखलामा उत्कृष्ट प्रस्तुति दिएपछि उहाँ सिधै फाइनलमा प्रवेश गर्नु भएकाे हाे । भरतमणिले यो साता आफूलाई भोटिङ नगर्न र फाइनल राउन्डमा भोट साँचेर राख्न सबैलाई आग्रह गर्नु भएकाे छ ।

कमेडी च्याम्पियन सिजन २ को सुरुवातदेखि नै भरतमणि निकै चर्चामा हुनुहुन्छ । एमाले नेता गोकुल बास्काे६ाकाे क्यारिकेचर दुरुस्तै गरेर चर्चामा आउनुभएका भरतमणिले शनिबार राति पूर्वयुवराज पारस शाहको गेटअपमा आफ्नो प्रस्तुति दिनुभएकाे थियाे । जसलाई धेरैले मन पराएका छन् ।

पूर्वयुवराज पारस शाहको नक्कल गर्दै अभिनय गर्नुभएका भरतमणिको भिडियोको ट्रेलर शुक्रबार नै युट्युबमा राखिएको थियो । जुन ट्रेन्डिङको १४ नम्बरमा परेको थियो । भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको क्यारिकेचर पनि हुबहु गर्नुहुन्छ । खासगरी उहाँले घरबेटीको प्रसंग आफ्ना प्रस्तुतिमा दिँदा दर्शकले निकै मन पराएका छन् ।