१६ चैत्र २०८०, शुक्रबार

अध्यक्षमा निर्वाचित भएदेखि नै ओलीलाई सुधार्न नसकिएपछि अलग बाटो रोज्यौं : माधव नेपाल

madhav 1
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अध्यक्षमा निर्वाचित भएदेखि नै ओलीले विभेद गर्दै आएको बताउनुभएको छ ।

आइतवार पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष नेपालले ओलीले अध्यक्ष भएदेखि नै आफूहरुमाथि अन्याय गर्दै आएको बताउनुभएको हो । जति प्रयास गरेपछि अध्यक्ष ओलीलाई सुधार्न नसकिएपछि अलग हुनुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

उहाँले नेपाली राजनीतिमा आफ्नो पार्टी एउटा चम्किलो तारा र सूर्य बनेर उदाएको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले आफूलेजस्तो काम कसैले गरेको छैन भनेर दाबी गर्ने ओलीलाई महालेखा परीक्षकको प्रतिवेदन पढ्न आग्रह समेत गर्नुभएको छ ।

ओलीले आफूले जे बोल्यो, त्यो ब्रह्मवाक्य हुनुपर्ने सोच्ने गरेको र आफूलेजस्तो काम कसैले गरेको छैन भन्ने दाबी गर्ने गरेको नेपालको आरोप थियो ।