
फाइल फोटो
उपचारका लागि भारतको नयाँदिल्ली रहेका पूर्वप्रधानमन्त्री एवं नवगठित नेकपा (एकीकृत समाजवादी)का बरिष्ठ नेता झलनाथ खनाल भोलि सोमबार स्वदेश फर्किने भएका छन् ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ ।
साढे दुई महिना अघि गत असार २ गते खनाल नयाँदिल्ली गएका थिए । त्यहाँ उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । सुरुमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको थियो ।
पछिल्लो समय एमाले विभाजन हुँदा खनालले नयाँदिल्लीबाटै माधव नेपाल नेतृत्वको नेकपा .(एकीकृत समाजवादी)को पक्ष रहेको बताउँदै राजदूतावासमार्फत पत्र पठाएका थिए ।