७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, छलफल मन्त्रिपरिषद् विस्तारमा केन्द्रित

Deuba Prachand Madhav Nepal

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता जारी छ । उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको हो ।

अध्यक्ष नेपालले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने बताइरहनुभएको छ । उहाँहरुबीच सरकारलाई पूर्णता दिनेबारे छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच शनिबार पनि मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो ।