
नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको निधन भएको छ । २ हजारभन्दा बढी संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणबाट निधन हुनेको संख्या १० हजार ४ सय ८५ पुगेको छ । पछिल्लो पटक संक्रमण दर भने केही घटेको छ ।
गत २४ घण्टामा १३ हजार परीक्षण गर्दा २ हजार ७५ जना संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौं उपत्यकामा ६ सय ६७ जना छन् ।
काठमाडौंमा ४ सय ८३, ललितपुरमा १ सय ३ र भक्तपुरमा ८१ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यका बाहिर झापामा १ सय ३२ र कास्कीमा ९१ जना संक्रमित थपिएका छन् ।
पछिल्लो पटक २३ सय ८२ जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ४० हजार बाट तल झरेको छ । ७ सय १८ जनाको आइसीयुमा र १ सय ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक खोप लगाउनेको संख्या भने कम छ । गत २४ घण्टामा करिब ६४ हजार जनाले मात्रै खोप लगाएका छन् ।