७ बैशाख २०८१, शुक्रबार

भस्मे डन आज ३९ औँ जन्मदिन मनाउँदै

bipin karki

रंगमञ्च हुँदै फिल्ममा प्रवेश गरेका अभिनेता हुन्, बिपिन कार्की । २०३९ सालमा मोरङको बाहुनीमा जन्मिएका बिपिनले आज ३९ औँ जन्मदिन मनाउँदैछन् ।

भर्सटायल अभिनेताका रुपमा परिचित बिपिनले थुप्रै नाटकहरुमा अभिनय गरेका बिपिलले लुट फिल्ममा छोटो भूमिका निभाएका थिए । दर्जनौ फिल्ममा फरक फरक भुमिकामा अभिनय गरेका बिपिनलाई दर्शकले भस्मेडनका नामले दर्शकले चिन्ने गरेका छन् ।

फिल्म ‘छड्के, कालो पोथी,पशुपति प्रसाद,जात्रा, लुछट२,गोपी, जात्रै जात्रा, लगायतमा अभिनय गरेका बिपिनले थुप्रै अवार्डहरु प्राप्त गरेका छन् । उनै बिपिन कार्कीलाई हाम्रो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना ।

    सम्बन्धित समाचार...