१३ बैशाख २०८१, बिहीबार

प्रदेश सभा सांसद वली एमालेमै रहेको पुष्टी !

Bimala oli

विभिन्न कारणले चर्चामा रहेकी लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली एमालेमै रहेको पुष्टी भएको छ । एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा पुगेपछि लुम्बिनी प्रदेशसभाले पनि एमाले र माओवादी केन्द्रलाई सांसदहरूको विवरण पेश गर्न भनेको थियो ।

२०७७ चैत ५ गते प्रदेशसभा सचिवालयले एमालेलाई सांसद विवरण पठाउन भनेको र सोही पत्रका आधारमा एमालेले प्रदेश सभा सचिवालयलाई पठाएको सांसदहरूको विवरणमा उनको नाम भएको पत्रलाई सदर गरिदिएपछि उनी एमालेमै रहेको प्रमाणित भएको हो ।

एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभा सचिवालयलाई ०७७ चैत्र १५ गते पठाएको ४३ जना सांसदको विवरणमा ४३ नं. मा विमला वलीको नाम रहेको छ । उनी एमालेबाट निर्वाचित सांसद उत्तरकुमार वलीकी पत्नी हुन् । पति वलीकोे सडक दुर्घटनामा परी निधन भएपछि तत्कालीन नेकपाले उनलाई दाङ क्षेत्र नं. ३ (ख) बाट उठाएको थियो ।