
लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक भदौ ७ गतेसम्मका लागि स्थगित भएको हो ।
बैठक विशेष कारणले स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसअघि प्रमुख विपक्षी दल एमालेले लगातार दुई दिनसम्म प्रदेश सभा बैठक अवरुद्ध गरेको थियो । प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको छ ।