
सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। अधिवक्ता प्रवेश केसीले अध्यादेश संविधान विपरित भएको भन्दै खारेजको माग गर्नुभएको हो ।
रिटमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको अध्यादेश बदर गर्न अन्तरिम आदेश माग गरिएको छ। रिट दर्ताका सम्बन्धमा अध्ययन भइरहेको सर्वोच्चले जनाएको छ ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारीसमा अध्यादेश जारी गर्नुभएको थियो।