
फाइल फोटो
नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेले आसन्न क्यारेवियन प्रिमियर लिग गुमाउने सम्भावना निकै प्रबल बनेको छ ।
नेपालले पीएनजीसँगको मैत्रीपूर्ण एकदिवसिय र ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजका कारण सन्दिप क्यारेवियन प्रिमियर लिग खेल्न जान पाउने सम्भावना निकै न्यून बनेको छ । क्यारेबियन प्रिमियर लिग अगस्टको २६ देखि सेप्टेम्बर १५ सम्म हुने तय भएको छ । यही समयमा नेपालले विदेशी भूमिमा सिरिज खेल्दैछ ।
जसका कारण उनको सीपीएल खेल्ने सम्भावना कम छ । ट्रिनबागो नाइट राइडर्सले सन्दिपलाई अनुबन्ध गरेको थियो । तर त्यही समयमा नेपालको खेल पर्ने हुँदा उनी जान पाउने छैनन् ।