
फाइल फोटो
तालिवान समूहद्वारा अफगानिस्तानमा भएको सत्ता कब्जाको उदाहरण दिँदै जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले हामी पनि बेलेमै सर्तक हुनुपर्ने बताएका छन् ।
अफगानिस्तानमा बाह्य शक्तिको सैनिक हस्तक्षेपको अन्त्यपछि सत्तामा धार्मिक कट्टरपन्थी समूहको पुनरागमनले देशमा सबल प्रगतिशील लोकतान्त्रिक विकल्प नहुँदा त्यहाँका जनता भुङ्ग्रोमा परेको भट्टराईले जनाएका छन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले लेखेका छन् ,“देशमा सबल प्रगतिशील लोकतान्त्रिक विकल्प भएन भने जनता कसरी कराइबाट उम्केर भुङ्ग्रोमा पर्दारहेछन् भन्ने पुनःपुष्टि भयो है । हामी पनि बेलैमा सतर्क बन्ने कि ?”