२५ बैशाख २०८२, बिहीबार

कक्षा १२ को परीक्षा सम्बन्धी निर्णय भोलि बस्ने बोर्डको बैठकले गर्ने

national examination board

कोरोना कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको भए पनि बढ्दो कोरोना जोखिमका कारण परिक्षा नगराउन आएको अनुरोधलाई मध्यनजर गर्दै कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बस्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरे संगै बोर्डको बैठक बस्न लागेको हो ।

बोर्डले भोलि बोर्डका सचिव, सदश्यहरुलाई छलफलको लागि बोलाएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले बताउनुभयो । उहाँहरुको राय के आउँछ त्यसै अनुसार भोलि निर्णय लिने उहाँले बताउनुभयो ।

कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटरमार्फत जानकारी गराउनु भएको छ । 

तर पछिल्लो समय कोरोनाको संक्रमण बढदै गए पछि परीक्षा हुँने वा नहुँनेमा अन्योल बढेको छ ।