५ जेष्ठ २०८१, शनिबार

टोकियो ओलम्पिकमा ७५ पदक जित्दै चीन शीर्ष स्थानमा

tokyo 2020

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७५ पदकसहित शीर्ष स्थानमा कायम छ । अमेरिका र जापानलाई उछिन्दै चीनले शीर्षस्थान ओगटेको हो । 


चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १७ कांस्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले ३१ स्वर्ण, ३५ रजत र ३० कांस्य पदक प्राप्त गरेको छ भने जापानले २३ स्वर्ण, १० रजत र १५ कांस्य प्राप्त गर्न सफल भएको छ । 


रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले १७ स्वर्ण, २३ रजत र २२ कांस्य पदक प्राप्त गरेको छ । बेलायत १७ स्वर्ण, १८ रजत र १८ कांस्य पदकसहित पाँचौँ स्थानमा छ ।