प्रधानमन्त्रीले भने- मेराे स्वास्थ्यमा तीव्र सुधार भैरहेको छ, म छिट्टै काममा फर्किन्छु
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भैरहेकोले छिट्टै काममा फर्कने बताएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री भेट्न पुगेका उनका राजनीतिक सल्लाहकार विष्णु रिमालसँग ओलीले आफू छिट्टै काममा फर्किने बताएका हुन्।
प्रधानमन्त्री ओलीले छिट्टै आफू काममा फर्किएर पहिलेकै अवस्थामा काम सुरु गर्ने बताउनुभएको उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीसँग पहिलो पटक भेट भएको र स्वास्थ्य अवस्थाबारे आफूले जानकारी लिएको बताएका छन् ।
रिमालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो। ‘साथीहरूलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भईरहेको छ।’ छिट्टै म काममा फर्किन्छु। धेरै खुसी लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू!
गएको बुधबार प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । एक हप्ताभित्र डिस्चार्ज गर्नेगरी प्रधानमन्त्री ओलीको उपचार भैरहेको डाक्टरले बताएका छन् ।