१८ बैशाख २०८१, मंगलवार

जसपा सर्लाहीका अध्यक्ष र उपाध्यक्ष एमालेमा

jasapa amale 737x375 1

जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीका अध्यक्ष र उपाध्यक्षसहित ५० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) सर्लाहीका अध्यक्ष राम रिख राय यादव र उपाध्यक्ष चन्द्र यादवसहित ५० जनाले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमालेको पार्टी कार्यालय काठमाण्डुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई एमाले नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेले पार्टीमा स्वागत गरे ।

पाण्डेले एमालेमा नयाँ पुरानो भनेर विभेद नहुने र नयाँलाई पनि पुरानो सरह नै सम्मान र समान व्यवहार गरिने बताए । उनले नवप्रवेशीलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै पार्टीले सबैलाई उचित जिम्मेवारी दिने समेत उल्लेख गरे ।