
प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधि सभामा विश्वासको मत दिएका माधव नेपालपक्षीय सांसद जीवनराम श्रेष्ठले आम माफी दिने र लिने नेकपा एमाले मालिक र दासहरुको पार्टी हो र भनि प्रश्न गरेका छन।
जापानको राजधानी टोकियोबाट प्रतिकृया दिदैं उनले कौसीमा बसेर गाली गलौज गरेको सार्वजनिक आत्मालोचना गर्नु पर्दैन भनि प्रश्नपनि गरेका छन।
उनि हाल जापानमा आयोजित आयोजित ओलम्पिकमा नेपाल ओलम्पिक कमिटीका अध्यक्षका रुपमा नेपाली खेल टोलीको नेतृत्व गरिरहेका छन।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजै नेकपा एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका तथा मतदानका दिन अनुपस्थित गरी माधव नेपाल पक्षीय २२ जना साँसदलाई स्पष्टिकरण सोधेकोमा माफी दिने घोषणा गरेका थिए।
ओली प्रधानमन्त्री पदबाट निवर्तमान भएपछि आफ्नो घर बालकोट पुगेपछि माधव नेपाल लगायतका नेतालाई बिभिन्न लान्छना लगाएका थिए।