१३ बैशाख २०८१, बिहीबार

फोहरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएनः मन्त्री श्रेष्ठ

296449906 368448602133088 604254155596825870 n

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहरभित्रको गिरोहले नै फोहरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गर्नुभएको छ ।

आज काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फोहरमैला सामान्य कुरा भएपनि फोहरमैलाभित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको बताउनुभयो । उहाँले स्थानीय तहले नै अब फोहरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताउनु भयो ।

मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको बताउनुभयो । उहाँले पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान शुरु गर्न लागेको बताउनुभयो ।

उहाँले सरसफाईको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय आवश्यक रहेको पनि बताउनुभयो । मन्त्री श्रेष्ठले नाइट टुरिजम व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर र सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठल भन्नुभयो,‘फोहरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ । सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ ।

फोहरमैलाभित्रको गिरोहले फोहरमैला समाधान गर्न दिँदैन । फोहरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, ठूलो कुरा बनाइएको छ । त्यहाँभित्रको गिरोहले । यो समस्या स्थानीय तहले फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ जानुपर्छ ।’

मन्त्री श्रेष्ठले कतिपय नागरिकलाई प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताउनुभयो । उहाँले सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकमा बुझाउन आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएकोले यसलाई जगाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि प्रदेश सरकार छ, स्थानीय तह बलियो छ भन्ने कुरा धेरैलाई अनुभुति नै भएको छैन । सबैजना सिंहदरबारमा मात्रै जान खोज्नुहुन्छ । सिंहदरबारमा नै बजेट माग्न जानुपर्छ भन्ने सोच छ ।

बजेट फ्रिज भएर बसेको छ, त्यसमा मागन जानुपर्छ । प्रदेश सरकार दिन तत्पर छ, विकासको लागि बजेट । स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएको छ । जसले धेरै कराउन र माग्न आउँछ त्यसैलाई सरकारले बजेट दिन्छ ।’

कार्यक्रममा बोल्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारसँग पैसा खर्च गर्न नसकेर फ्रिज भएको अवस्था रहेको भन्दै विकासका लागि बजेट माग्न आग्रह गर्नुभयो ।

उहाँले मन्त्रालयले विकासका लागि आवश्यक बजेट दिन तयार रहेको बताउनुभयो । मन्त्री जमकट्टेलले योजना लिएर आउने युवाहरुलाई विकासका काम गर्न पैसाका चिन्ता नगर्न आग्रह गर्नुभयो ।

मन्त्री जमकट्टेलले विकासको काममा आउने युवालाई पार्टीको नजरले हेर्नु नहुने बताउनु भयो । उहाँले काठमाडौंको विकासका लागि नयाँ ढंगले बहस गर्न आवश्यक रहेको बताउनुभयो ।

296129817 368448662133082 3596613528164265734 n
296449906 368448602133088 604254155596825870 n
295654735 368448575466424 4198325320404474618 n
295430663 368448538799761 5691288191172325677 n