
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । अहिले बस्दै गरेको बैठक सोमबारकै बैठकको निरन्तरता भएको र लिखित रुपमा २२ सासंदलाई पत्र पठाइएको जानकारी एक नेताले गराए ।
हिजो बसेको बैठकमा केहि सदस्यले स्पष्टीकरण पनि नसोधी सिधै पार्टिबाट निष्कासनको माग समेत राखेको बुझिएको छ ।
हिजो बसेको बैठकले प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको भए पनि नेपाल पक्षले भने स्पष्टीकरणको जवाफ नदिने भएको छ ।
नेपाल पक्षका सासदहरु भने दिउँसो ४ बजे अर्याल होटल बानेश्वरमा छलफल गर्ने भएका छन्। बैठकमा ओलीले सोधेको स्पष्टिकरण र आगामी रणनीतिबारे छलफल हुने जानकारी एक नेताले गराए ।
नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छाडेर जान सुझाव दिएका छन्। हिजो मात्रै नेता नेपालको निर्वाचन क्षेत्र बालकुमारीमा राष्ट्रिय युवा संघ नेपाल पार्टी विरुद्धमा लागेको भन्दै सांकेतिक रुपमा नेता नेपालको पुतला दहन गरेका थिए।
आज भएको राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला विशेष प्रदेश कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै बस्नेतले ‘तपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया छोड्नुस्, हामी पुतला जलाउँदैनौँ, तपाइँलाई सम्मानजनक बिदाइ गर्छौं, भने । भेलामा बस्नेत अनुसार “एमालेमा बसेर एमाले बर्बाद गर्ने शक्तिहरूलाई युवा संघले तह लगाउनै पर्छ” भन्ने समेतको अभिव्यक्ती दिएका छन ।