१२ बैशाख २०८१, बुधबार

सप्तरीमा चन्द्रनहर भत्किदा झन्डै पाच सयभन्दा बढी घर डुबानमा

FB IMG 1626756940317 750x375 1

लगातारको वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका वडा न।–४ स्थित देशकै पुरानो चन्द्रनहर भत्किदा झण्डै पाच सय भन्दा बढि घर डुबानमा परेका छन । अमहा, टेंग्रालगायत खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्काएको नगरप्रमुख उत्तम गौतमले जानकारी दिए ।

उनका अनुसार दुई स्थानमा गरी करिब ५० मिटर नहर भत्किएको छ । ‘जंगली क्षेत्रबाट अमहा, टेंग्रालगायत नदीको बाढी ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो,’ गौतमले भने । बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका ३ सय घर डुबानमा परेका छन् । नगरप्रमुख गौतमका अनुसार सप्तकोसी नगरपालिकाका १, २, ४ र ११ वडाका घर डुबेका हुन् । ती घरमा ३ फिटसम्म पानी जमेको र अन्य विवरण संकलन भइरहेको उनले बताए ।

यता जिता नदीको बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ मंसापुर र वडा नम्बर ५ बरसाइनका केही घर डुबाएको छ । गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहका अनुसार वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका करिब २ सय ७५ घर डुबेका छन् । तिलाठी–कोइलाडी–८ तोपा बस्तीका २५ घरसमेत डुबानमा परेका छन् । निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर बढिरहेको छ । त्यसेगरि निरन्तरको वर्षाका कारण जिल्लाकासप्तकोशी, त्रियुगा,महुली,खांडौ बलान,लगायत नदीहरूमा जलस्तर बढिरहेको छ ।

लगातारको बर्षाले जिल्लाको पूर्वी किनारमा सप्तकोशी,त्रियुगा र पश्चिममा बलान नदीमा पानीको सतह बढ्ने मौसमविद्ले बताएकाले तटीय क्षेत्रका बासिन्दालाई सिडियो जय नारायण आचार्यले सतर्क रहन आग्रह गरेका हुन् । मुसलधारे बर्षाको कारण सप्तकोशी, त्रियुगा,महुली,खांडौ बलान,नदी तथा जिता लगायतका खोला तथा नदीमा पानीको सतह बढ्दै गएको छ । जिल्लाका नदीहरुमा पानीको सतह बढेपछि जिल्लाको दक्षिणी भेगका गाँउहरु डुबानमा पर्ने गर्दछ ।

सप्तकोशी,त्रियुगा र जिता,बलान नदीमा आउने बाढीको पानी भारतिय बाँधको कारण तत्काल निकास हुन नसक्दा जिल्लाका गोबरगढा, हनुमाननगर, भारदह, फतेपुर,र म्पुरा, मल्हनिया, डलवा, तिलाठी, कोईलाडी, लालापटी, सकरपुरा लगायतका क्षेत्र डुबानमा पर्दै आएको छ ।