
फाइल फोटो
प्रधानमन्त्रीमा नवनियुक्त शेरबहादुर देउवाले कांग्रेस नेता बालकृष्ण खाँणलाई आजै मन्त्रिपरिषदमा समावेश गराउँदै छन् ।
यसअघि देउवाले कांग्रेसबाट मन्त्री बनाउनेको नाम छान्नै सकस भएको समाचार बाहिर आएको थियो ।
आजको सपथका लागि कांग्रेसबाट अरू नेताको नाम नछानिएको स्रोतले बताएको छ । माओवादी केन्द्रबाट भने आज पम्फा भुसाल र जनार्दन शर्माले सपथ खाँदैछन् ।
देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने भएका छन् । उनी काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन् ।
यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन् । उनको मन्त्रालयको टुंगो लागिसकेको छैन ।
आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।