२१ बैशाख २०८२, आईतवार

हस्ताक्षर फिर्ता नहुने ओलीसँग नेपालको अडान कायमै

kp oli madhav nepal

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा जारी बैठक रोक्न आग्रह गरेका छन् ।

शनिबार दिउँसो भएको टेलिफोन कुराकानीमा नेता नेपालले आवश्यक सल्लाह र परामर्श बिना राखिएको बैठक रोक्न सुझाव दिएका हुन् ।

टेलिफोन सम्वादमा नेता नेपालले अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिन नसकिने अडान राखेका छन् । शुक्रबारको बैठकबाट अध्यक्ष ओलीले सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नभए एकता नहुने घोषणा गरेका थिए । तर नेता नेपालले हस्ताक्षर फिर्ताको प्रस्ताव एकोहोरो भएको प्रतिक्रिया दिएका छन् । नेता नेपालले एकता टुंग्याउन कार्यदल सक्रिय बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।