
नेकपा एमाले दशौं औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आज बसेको बैठकले आयोजक कमिटी भङ्ग गर्दै असार १८ गते केन्द्रिय कमिटीको बैठक बोलाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पूर्व नेकपा माओवादी त्यागेर नेकपा एमालेमा रहनुभएका नेताहरूलाई पार्टी स्थायी समिति सदस्यमा मनोनीत गरेको छ ।स्थायी समिति सदस्यमा मनोनीत हुनुहुनेहरुमा पूर्व माओवादी समूहका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा हुनुहुन्छ ।
यसै गरी बेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल र रघुबीर महासेठ पनि स्थायी समिति सदस्यमा मनोनीत हुनुभएको छ ।बैठकले बाढी पहिरो जस्ता विपद् र कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको जानकारी नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले दिनुभयो ।
