
कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोका अनुसार असार २१ गतेसम्म निषेधाज्ञा लम्बिएको जनाएको छ । अब सो अवधिमा सबै प्रकारका गोष्टी,सम्मेलन, तालिम,सेमिनार,पुस्ताकालय,संग्रालय,सिनेमा हल,दर्शक सहितको खेलकुद ,मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाईने जनाएको छ । यस्तै जिल्लामा मंगलबारदेखि सबै प्रकारका सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने प्रशासनले जनाएको छ ।
यस्तो छ प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश :-
