१८ बैशाख २०८१, मंगलवार

मन्त्रीलाई कालो झण्डा, तीनजना पक्राउ

Khanepani mantri kalo jhanda2 750x375 1

नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री अनिल कुमार झालाई कालो झण्डा देखाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा माधवनारायण नगरपालिका ३ सखुअवाका ललन यादव, गरुडा-५ का विजय यादव र दिपेन्द्र यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेले बताए । रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद नेता झा मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आउने क्रममा गरुडाको झाँझ पुल नजिकै केही युवा समूहले उनलाई कालो झण्डा देखाएर विरोध गरेको थियो । दुई धारमा बाडिएका मधेशवादी दलको उपेन्द्र यादव पक्षले सरकारमा गएका महन्थ ठाकुर पक्षको विरोध गर्दै आइरहेको छ।