
गण्डकी प्रदेशका मन्त्री राजिब गुरुङ (दीपक मनाङे)ले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग पछिल्लाे राजनीतिक घटनाक्रम बारे वृहत छलफल गर्नुभएकाे बताउनु भएकाे छ ।
मनाङ जिल्लाबाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य मनाङेले आज पूर्वप्रधानमन्त्री प्रचण्डसँगकाे तस्वीरहरु सामाजिक संजालमा शेयर गर्दृै वृहत छलफल भएकाे उल्लेख गर्नुभएकाे हाे ।
उहाँले तस्वीर सार्वजनिक गर्दै सामाजिक संजालमा यस्ताे लेखेका छन:
नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्ड ज्युसंग पछिल्लो राजनैतिक
घटना क्रमबारे बृहत छलफल पश्चात लीएको तस्बिर।
जेठ २९ गते गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पाेखरेलकाे मन्त्रीपरिषदमा मनाङे मन्त्री हुनुहुन्छ ।
पोखरेलले काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद र स्वतन्त्र सांसद मनाङे सहितको समर्थनमा प्रदेशमा सरकार गठन गर्नुभएकाे हाे । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता पृथ्वी सुब्बा नेतृत्वकाे यसअघिकाे प्रदेश सरकारमा पनि उहाँ मन्त्री हुनुहुन्थ्याे ।

