 
							जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षका कानून व्यवसायीले जसपा केन्द्रीय कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोविरुद्ध अदालतमा कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका छन्। अध्यक्ष यादव पक्षले ठाकुरले हस्ताक्षरको दुरुपयोग गरेको भन्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष यादव समूह निकट कानून व्यवसायीले अदालतमा मुद्दा दर्ता गर्न लागेका हुन्।
भट्टराई–यादव पक्षको तर्फबाट संघीय कानून व्यवसायी संघका अध्यक्ष दिपक राईलगायतका अधिवक्ताहरुले मुद्दा दर्ताको लागि तयारी सुरु गरिएको अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरासियाले बताउनुभयो । अधिवक्ता राईले ‘कीर्ते जालसाजी लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा हाल्न लाग्नुभएको हो । यसअघि जसपाको भट्टराई–यादव पक्षले आफ्नो समूह जसपाको आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाएको थियो।
 
											 
											 
									 
									 
									